काठमाडौं–मकाउमा वर्किङ भिसामा कार्यरत नेपालीको लागि नेपाल आवतजावतका लागि हङकङमा ट्रान्जिट भिसा सहज गर्न नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा काग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले ट्रान्जिट भिसाको समस्याका कारण मकाउमा कार्यरत नेपाली कामदार स्वदेश आउन समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘मकाउमा कार्यतर ४ हजार भन्दा बढी नेपाली युवालाई स्वदेश आवतजावत गर्ने क्रममा हङकङमा ट्रान्जिट भिसा नभएकोले आवतजावतमा समस्या परेको छ । वर्किङ भिसामा जाने कामदारलाई ट्रान्जिट भिसा सहज पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ खाँणले भने ।