
कुन्दुज- अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधवार आतङ्ककारीविरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।
जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार बुधवार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिए । इमााम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतङ्ककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको ज्यान जानुको साथै अन्य सात घाइते भएका थिए ।
उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिका आवद्ध संयुक्त बलले गरेको हो भन्ने प्रष्ट भएको छैन ।
अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।