काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन बिहीवार किर्गिजस्तानको राजधानी बिस्केक पुगेका छन् ।
बिस्केकको मानस अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कजाख अधिकारीहरूले न्यानो स्वागत गरेका छन् ।
उनलाई किर्गिजस्तानको प्रमुख खाना बूर्टसोगका साथ स्वागत गरिएको हो । बूर्टसोग पीठोको घोल बनाएर अनि तेलमा तारेर बनाइने खाद्यपदार्थ हो ।
मोदीले बिस्केकमा ३२ घन्टा बिताउनेछन् र एससीओका सदस्य राष्ट्रहरूसँग गहन कूटनीतिक वार्ता गर्नेछन् । त्यसपछि उनले द्पिवक्षीय भ्रमण पनि गर्ने कार्यक्रम रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटमार्फत जानकारी दिएका छन् ।
Салам Бишкек! (Salam Bishkek)
— Raveesh Kumar (@MEAIndia) June 13, 2019
PM @narendramodi warmly welcomed at #Manas International Airport in #Bishkek. Over the next 32 hours, PM will have intensive diplomatic engagements related to #SCO Council of States Meeting followed by a bilateral visit. #IndiaInSCO pic.twitter.com/dYrKVHR2gU