
काठमाडौं – प्रभास र श्रद्धा कपूरको आगामी फिल्म साहोको टीजर सार्वजनिक भएको छ ।
फिल्मको टीजर पूर्ण रूपमा याक्सन र थ्रिलरमा आधारित देखिन्छ । प्रभास र श्रद्धाको लूक्स फिल्ममा शानदार देखिएको छ । साहोका सीन बबाल देखिन्छन् ।
टीजर रिलिज भएसँगै दर्शकमा यसप्रति उत्सुकता बढेको छ । प्रभासको अभिनय, स्टन्ट र याक्सनले फिल्मलाई भव्य बनाएको जस्तो लाग्छ ।
साहो अगस्ट १५ मा रिलिज हुनेछ । यसलाई हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिनेछ ।
फिल्ममा प्रभास र श्रद्धाबाहेक नील नितिन मुकेश, अरुण विजय र ज्याकी श्रोफ पनि देखिनेछन् ।
फिल्मलाई सुजीतले निर्देशन गरेका हुन् भने भूषण कुमार, भी वाम्शी, कृष्णा रेड्डी र प्रमोद उप्पलपतिले निर्माण गरेका हुन् ।
एजेन्सी