०१ असार २०८३, सोमबार

यौन शोषणका दोषीलाई नपुंसक बनाउने कानून पारित

यौन शोषणका दोषीलाई नपुंसक बनाउने कानून पारित

काठमाडौँ - संयुक्त राज्य अमेरिकाको अलाबामा राज्यमा बलात्कारका दोषीलाई नपुंसक बनाउने इन्जेक्सन लगाएर सजाय दिने कानून पास भएको छ ।

अलाबामाका गभर्नर काय इवेले 'केमिकल केस्टेर्सन' विधेयकमा हस्ताक्षर गरी पारित गरेसँगै १३ वर्ष मुनीका बालबालिकामाथि यौनशोषण गर्ने दोषीलाई नपुंसक बनाएर सजाय दिने कानून कार्यान्वयनमा आएको हो ।  

स्थानीय सञ्चारमाध्यमहरूले जनाए अनुसार कसैलाई यौन शोषणको दोषी पाइएमा दोषीले नै इन्जेक्सनबाट लगाइने 'केमिकल' खरिद गर्नुपर्नेछ । दोषीलाई कति मात्रामा उक्त औषधि लगाउने हो, यसको फैसला न्यायाधीशहरूले गर्नेछन् ।

यो इन्जेक्सनले पुरुषको शरीरमा टेस्टोस्टेरोन पैदा हुनबाट रोक्छ । अपराधीले जेल सजाय काटेर छुट्नुभन्दा पहिला इन्जेक्सन लगाइन्छ । जसले इन्जेक्सन लगाउन मान्दैन उसलाई जेलबाट छोडिदैन ।  

अमेरिकामा अलाबामा बाहेक अन्य ७ राज्यमा यस्तो प्रकारको कानून छ । नपुंसक बनाउने सजाय दिने कानून अमेरिकामा मात्र नभएर दक्षिण कोरिया र इन्डोनेसियामा पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्