०९ असार २०८३, मंगलबार

अटो दुर्घटनाका मृतक तीनै जनाको सनाखत

अटो दुर्घटनाका मृतक तीनै जनाको सनाखत

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रवार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नम्बरको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नम्बरको जेसिबीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बैतडीको देहीमाण्डौं नगरपालिका–२ का अन्दाजी २८ वर्षीय किशन बोहरा, पोखरा  पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालक २६ वर्षीय प्रेम थापालाई भारत र अर्का घाइते बेल्डाँडी गाउँपालिका–७ का सन्तोष लुहारलाई धनगढी उपचारका लागि पठाइएको छ । त्यसैगरी दुर्घटनामा परी घाइते भएकी मृतक बोहराकी श्रीमती लक्ष्मी बोहरा, अन्दाजी ३ वर्षीय छोरा निशान्त बोहरा र भीमत्त नगरपालिका–१० का जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनापछि फरार रहेका जेसीबी चालकको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्