११ असार २०८३, बिहीबार

सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

भक्तपुर – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । यहाँस्थित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले  आगामी असार ६ गते आयोजना गरिने समारोहमा सो अभिनन्दन गर्न लागिएको हो । 

समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक नविनप्रकाश श्रेष्ठले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै अभिनन्दन गर्न लागिएको जानकारी दिए ।

अभिननदन समारोह सम्पन्न गर्न नरेन्द्रभक्त हाडाको संयोजकत्वमा २०१सदस्यीय मूल समारोह समिति गठन गरी आवश्यक तयारी पूरा गरिएको उनको भनाइ थियो ।

असार ६ गते शुक्रबार मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म र भक्तपुरको दत्तात्रयबाट सूर्यविनायकसम्म विशाल शोभा र्‍याली गर्दै सूर्यविनायकको अजिमामा आयोजना गरिने समारोहमा अभिनन्दन गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्