२६ जेठ २०८३, मंगलबार

इटहरीमा भायनेटको नयाँ शाखा

इटहरीमा भायनेटको नयाँ शाखा

इटहरी- इन्टरनेट र टीभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले आफ्नो नयाँ शाखा इटहरीमा सञ्चालनमा ल्याएको छ । 

नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक इटहरीमा बिहीवारबाट सञ्चालनमा ल्याएको हो । विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ ।

सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात FFTTH इन्टरनेट सेवा सुचारू गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरूलाई उच्चस्तरीय टीभी सेवा प्रदान गर्नका लागि ८० भन्दा बढी एचडी च्यानलसहित २३० वटा च्यानल भएको NET TV सँग साझेदारी गरेको थियो ।

१५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिननै ग्राहकलाई सेवा प्रदान गर्ने गरेको कम्पनीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्