१० असार २०८३, बुधबार

निर्माणाधीन शीत भण्डारमा आगलागी, करीब १ करोडको क्षति

जेठ ३२, २०७६
निर्माणाधीन शीत भण्डारमा आगलागी, करीब १ करोडको क्षति

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–१ पहलमानपुरस्थित निर्माधीन शीत भण्डारमा शनिवार आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक भुपेन्द्र खड्काका अनुसार रामबहादुर राउतको निर्माधीन कोल्ड स्टोरमा वेल्डिङको काम गर्ने क्रममा आगलागी भएको जनाइएको हो ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । कोल्ड स्टोर सञ्चालकलाई उदृत गर्दै प्रहरी निरीक्षक खड्काले आगलागीबाट झण्डै १ करोड बराबरको क्षति भएको बताए ।

साना तथा मझौता कृषक आयस्तर वृद्धि परियोजना (रिज्म एफपी)को ३ करोड लगानी रहेको सो कोल्ड सञ्चालनमा नआउँदै आगलागी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्