
काठमाडौं – भारतका प्रख्यात फिल्ममेकर मणिरत्नमलाई चेन्नईको अपोलो अस्पतालमा भर्ना गरिएको छ । उनलाई मुटुरोग लागेपछि अस्पताल लगिएको हो ।
सन् २००४ मा फिल्म युवाको शूटिङका क्रममा हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
मणिरत्नम मूलतः तमिलका दिग्गज फिल्म निर्देशक हुन् । उनले हिन्दी भाषामा पनि उत्कृष्ट फिल्महरू बनाएका छन् । बम्बे, दिल से, रावण, रोजा, युवा, गुरु मणिरत्नमका उम्दा फिल्म हुन् ।
केही दिनअघि ऐश्वर्या राय बच्चनले मणिरत्नमको ऐतिहासिक कथामा आधारित फिल्म पोन्नियिन सेल्भानमा काम गर्ने स्वीकृति दिएको खबर आएको थियो । अनुष्का शेट्टीलाई पनि फिल्ममा महत्त्वपूर्ण भूमिका दिने चर्चा छ ।
ऐश्वर्या र अनुष्का बाहेक चियान विक्रम, अमिताभ बच्चन, अमोल पाल, कार्ति र जयराम रविलाई फिल्ममा लिइने अनुमान गरिएको छ ।
एजेन्सी