
काठमाडौं – प्रतिनिधि सभाको सोमवारको बैठकमा ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन २०७६’ पेश गरिएको छ ।
‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७६’ महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गरेकी हुन् ।