११ असार २०८३, बिहीबार

अपडेट : बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

अपडेट : बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुग्यो
प्रतिकात्मक तस्वीर

काठमाडौं – बझाङको डौठीमा सोमवार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले लाेकान्तरलाई जानकारी दिए ।

पोखरेलका अनुसार मृत्यु हुनेमा एक बच्चा र एक बच्चीसहित ४ महिला ५ पुरुष छन् । प्रहरीका अनुसार जीपमा १३ जना  सवार थिए । ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी सूर्यबहादुर केसीले जीप भीरबाट खसेकाले उद्धारमा कठिनाइ भइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले घाइतेको उद्धार गरी उपचारका लागि पठाउन हेलिकप्टर झिकाउन समन्वय भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्