
काठमाडौं– नेपाली बजारमा मंगलवार सुनको भाउ तोलामा सय रुपैयाँले घटेको छ ।
सोमवार तोलामा ६३ हजार १ सयमा कारोबार भएको सुनको भाउ मंगलवार घटेर ६३ हजारमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ६२ हजार ७ सयमा कारोबार भएको छ ।
चाँदी आज तोलामा ७२० रुपैयाँमा कारोबार भएको छ । सोमवार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।