
काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधामनन्त्री डा. बाबुराम भट्टराई ६६ वर्षमा प्रवेश गरेका छन् ।
जीवनको उर्जाशील समय वामपन्थी राजनीतिमा बिताएका बाबुराम पछिल्लो समय वैकल्पिक राजनीतिक धारको वकालत गर्दै आएका छन् ।
नियमित व्यायाम र अनुसाशित जीवनशैलीका कारण उनी तन्दुरुस्त देखिन्छन् । गएको माघ–फागुनमा एक महिना पूर्वपश्चिम यात्रा गरेका बाबुराम एक दिनपनि बिरामी भएनन् ।
‘बुढ्यौली बाहेक स्वास्थ्यमा कुनै समस्या छैन,’ भट्टाराईले केही समय पहिले लोकान्तरसँगको कुराकानीमा भनेका थिए, ‘नियमित योगा र अनुशासित जीवनशैली अपनाउँछु ।’
खानामा अन्नभन्दा सागपात र फलफूलमा बढी रुची राख्ने उनका सहयोगीहरू बताउँछन् ।
सन् १९५४ जुन १८ मा बाबुरामको जन्म भएको हो । विक्रम संवत २०११ असार ४ गते जन्म भएपनि बाबुरामले ईश्वी संवत्को मिति नै प्रयोग गर्ने गरेका छन् ।
बाबुरामका सुभेक्षुकहरूले उनलाई मंगलवार जन्मदिनको शुभकामना दिइरहेका छन् ।