१० असार २०८३, बुधबार

जीप दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

जीप दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जीप दुर्घटनामा बेपत्ता भएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीद्वारा मंगलवार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त दुर्घटनाले प्रदेश सरकार मर्माहत भएको छ । खोजीकार्यमा खटिएका सुरक्षाकर्मी, जनसमुदायका साथै सबै सरोकारवालालाई सहयोग पुर्‍याउन हार्दिक अनुरोध गर्दछु ।’ उनले दुर्घटनामा परी बेपत्ता भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेका छन् ।

दुर्घटनाको सूचना पाउनासाथ सुरक्षा टोली परिचालन गरिएको यद्यपि कठिन भूगोल, पानीको उच्च बहाव तथा दक्ष जनशक्तिको अभावका कारण उद्धार तथा खोजीकार्यको प्रयास सफल हुन नसकेको प्रेस नोटमा उल्लेख गरिएको छ । त्यसका साथै थप खोजीकार्यका लागि दक्ष जनशक्तिको परिचालनको पहल भइरहेको जनाइएको छ ।

मंगलवार दिउँसो १२ बजे लु१ज ७१६६ नम्बरको जीप हुम्ला खार्पुनाथ गाउँपालिका–५ को कैल्या बालु र बेडु बिसौनी क्षेत्रको कच्ची सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको स्थानीयले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्