
काठमाडौं – जर्मनीको स्याक्सोनीमा भइरहेको उग्रदक्षिणपन्थी संगीत समारोहमा भाग लिन पुगेका नवनाजीहरूलाई हिस्स पार्ने गरी स्थानीयहरूले सबै रक्सी किनिदिएका छन् ।
प्रहरीले पनि यसमा कारवाही गर्दै शील्ड यान्ड सोर्ड फेस्टिभलमा रक्सीमाथि प्रतिबन्ध लगाएको छ र चार हजार ४०० लिटर भन्दा बढी बीयर जफत गरेको छ । रक्सी खाएर गरिने हिंसा रोक्न यसो गरिएको हो ।
दक्षिणपन्थी संगीत प्रशंसकहरूलाई रक्सी किन्न नदिनका लागि ओस्ट्रिजका बासिन्दाहरू भेला भएर स्थानीय सुपरमार्केटबाट बीयरका २०० क्रेट किनिदिए ।
करीब ६०० नवनाजीहरू समारोहमा पुगेका थिए तर रक्सी पिउन नपाएपछि पुग्नेबित्तिकै धेरैजना चाहिँ फर्किहाले ।
‘हामीले अघिल्लो हप्ता योजना बनाएका थियौं । उनीहरूले बीयर पिउन नपाऊन् भनी हामी सुनिश्चित गर्न चाहन्थ्यौं,’ जोर्ज साल्डिटले बताए ।
एजेन्सी