
काठमाडौं – एउटा भोको चितुवाले इम्पालालाई खान ठिक्क परेको बेलामा एउटा हात्तीले भगाइदिएको छ ।
दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा लिइएको भिडियोमा इम्पाला पानीको दुलोमा देखिन्छ भने चितुवा नजिकैको घाँसमा ढुकिरहेको देखिन्छ ।
अलि पर रहेको हात्तीले सुँढ उचालेर चिच्याएपनि ध्यागमग्न चितुवाले पहिला त कुनै प्रतिक्रिया जनाउँदैन ।
तर फेरि चिच्याउँदै हात्ती चितुवातिर झम्टिँदै आएपछि चितुवा भाग्छ ।
यो भिडियो जुडी लेहमबर्गले खिचेकी हुन् । उनी निकुञ्जमा जेठ २४ मा पुगेकी थिइन् ।
एजेन्सी