०९ असार २०८३, मंगलबार

ओठ र चिउँडो विनै जन्मिएकी रुसी बालिकाको लन्डनमा उपचार हुने

ओठ र चिउँडो विनै जन्मिएकी रुसी बालिकाको लन्डनमा उपचार हुने

काठमाडौं – ओठ र चिउँडो विनै जन्मिएकी एक रुसी बालिका उपचारका लागि लन्डन पुगेकी छन् । त्यहाँ उनको अनुहारलाई सामान्य आकार दिइनेछ । 

बालिकाको नाम डारिना श्पेंगलर हो र उनको रोग के हो भन्ने पत्ता लागेको छैन । तर अत्यन्तै दुर्लभ नागेर सिन्ड्रोमबाट उनी पीडित भएको विश्वास गरिएको छ । 

उनी जन्मिनेबित्तिकै चिकित्सकहरूले उनकी आमा एलेना श्पेंगलरलाई छोरी त्याग्न भनेका थिए । 

डारिनालाई परिवारका अन्य सदस्यले क्रूरतापूर्वक त्यागेपछि श्पेंगलर र उनका पति युरीले गाउँ छोडेका थिए । 

रुसी चिकित्सकहरूले उनको उपचार गर्न नसकेपछि अब यी ६ वर्षीया बालिकाको लन्डनस्थित ग्रेट ओर्मोन्ड स्ट्रीट हस्पिटलमा बुधवार शल्यक्रिया हुँदैछ । 

शल्यक्रियापछि छोरीले खाना खान र तौल बढाउन सक्ने आशा श्पेंगलरले लिएकी छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्