२१ जेठ २०८३, बिहीबार

बाग्लुङ नगरपालिकामा ‘गरीबसँग मेयर’ कार्यक्रम

बाग्लुङ नगरपालिकामा ‘गरीबसँग मेयर’ कार्यक्रम

बाग्लुङ – जिल्लाको बागलुङ नगरपालिकाको पाँचौं नगर सभाले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब १ करोड ५७ लाख ५४ हजार १ सय ५४ रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ ।

बाग्लुङ नगरपालिकाको पाँचौं नगर सभामा बुधवार नगर उपप्रमुख सुरेन्द्र खड्काले कार्यक्रम तथा बजेट प्रस्तुत गरे । 

नगरपालिकाले नगरको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र सेवा प्रभावलाई उच्च प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

नगरपालिकामा विनियोजित बजेटको स्रोतअन्तर्गत संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फको १६ करोड ४७ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ १ करोड ३० लाख ५५ हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदानतर्फ ३६ करोड ३४ लाख रुपैयाँ, राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट ११ करोड ५९ लाख १२ हजार १ सय ५४ रुपैयाँ, प्रदेश सरकारबाट राजस्व बाँडफाँटतर्फ ८१ लाख ६ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त १ करोड ५० लाख, ढुंगागिट्टी बालुवाबाट १ करोड ४० लाख रुपैयाँ, स्थानीय करबाट ५ करोड र नगर विकास कोषबाट प्राप्त हुने ऋण तथा अनुदानबाट प्राप्त ५ करोड रुपैयाँ रहेको उल्लेख गरेको छ ।

नगरपालिकाले पूर्वाधार विकासमा १२ करोड ७६ लाख २१ हजार रुपैयाँ, आधुनिक बसपार्क निर्माणका लागि ५ करोड १५ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ५ करोड २४ लाख ७५ हजार, गुणस्तरीय शिक्षा कार्यक्रमका लागि २ करोड ५० लाख, उद्यम तथा रोजगारका लागि १ करोड ६० लाख ७७ हजार, खानेपानीका लागि १ करोड ६५ लाख, कृषि क्याम्पस सञ्चालनका लागि ९० लाख रुपैयाँ, पशु विकास कार्यक्रमका लागि २८ लाख ७८ हजार रुपैयाँ, पर्यटन प्रवद्र्धनमा ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

युवा तथा खेलकूद कार्यक्रमका लागि ३४ लाख रुपैयाँ, गोविन्द अधिकारी छात्रावृत्ति कार्यक्रमका लागि २० लाख रुपैयाँ, स्वास्थ्यका लागि ५७ लाख रुपैयाँ र जनता आवास कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरका १४ वडामा विभाजित नगरपालिकाले सबै वडालाई ७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको कूल बजेटमध्ये ७१ करोड ९२ लाख ९१ हजार १ सय ५४ रुपैयाँ चालू खर्च तथा २३ करोड ३७ लाख ६३ हजार रुपैयाँ पूँजीगत खर्च रहन आउँछ । 

नगरपालिकाले रोजगार प्रवद्र्धन कार्यक्रम, वीरशाली पन्त स्मृति साहित्य पुरस्कार, विकास पत्रकारिता पुरस्कार, गरीबसँग मेयर कार्यक्रम, नेवारी संस्कृति संरक्षण, शव वाहन खरीद तथा बाल विकास सहजकर्तालाई रकम थप र कर समायोजनजस्ता बजेट तथा कार्यक्रम ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्