३० जेठ २०८३, शनिबार

विद्युत् पर्याप्त नआएपछि अस्पतालको सेवा प्रभावित

विद्युत् पर्याप्त नआएपछि अस्पतालको सेवा प्रभावित
प्रतिकात्मक तस्वीर

झापा – १ हप्तादेखि झापाको दमकस्थित सरकारी दमक अस्पतालमा विद्युत् पर्याप्त नआएपछि सेवा प्रभावित भएको छ ।

अस्पतालमा जडित विद्युत्मा एक्कासि भोल्टेज पर्याप्त नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुन पुगेको छ । विद्युत् सेवा प्रभावित भएपछि सर्वसाधारण सेवाग्राही मारमा परेका छन् ।

भोल्टेज आवश्यकताअनुसार प्रवाह नभएपछि अस्पतालबाट उपलब्ध हुने ल्याबसहित एक्सरे, इसिजीलगायतका सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मनिषकुमार शर्माले बताए । उनले विद्युत् नियमितका लागि स्थानीय सरकार र विद्युत् प्राधिकरणमा गुनासो राखिएपनि हालसम्म सुनुवाइ नहँुदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुनपुगेको बताए ।

ल्याब, एक्सरे, इसिजीसहित नियमित खोपका सेवासमेतमा सिफारिस गरी पठाउनुपर्ने अवस्था आएको उनले बताए ।

दमक–१ स्थित जिल्लास्तरीय सो सरकारी अस्पतालमा दैनिक २०० बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईका अनुसार विद्युत् आपूर्तिमा समस्या भएपछि अस्पताल ‘रिफर सेन्टर’ बन्न पुगेको छ । ल्याबको उपकरण नचल्दा अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच मात्र गरिआएको र ल्याबका लागि भने अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता आएको उनले बताए । विद्युत् गडबडीले ल्याबका उपकरणमा समेत खराबी आएको उनले बताए ।

अस्पतालमा विद्युत् प्रवाहमा भएको समस्याको समाधान गर्न आफूहरू लागिरहेको अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगर उपप्रमुख गीता अधिकारीले बताए । विद्युत् प्राधिकरणका इञ्जिनीयर लागेर काम गर्दा पनि अहिलेसम्म समस्या नै पत्ता लाग्न नसकेको र सञ्चालन गर्न पहल भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्