२४ जेठ २०८३, आइतबार

इरानसँगको युद्ध नलम्बिने ट्रम्पको भनाइ

इरानसँगको युद्ध नलम्बिने ट्रम्पको भनाइ

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अमेरिकाले युद्ध नगर्ने आशा गरेको तर युद्ध भएमा उसले भयंकर शक्ति प्रयोग गर्ने बताएका छन् । 

बुधवार फक्स बिजनेस न्युजसँगको भेटघाटमा ट्रम्पले यो कुरा बताएका हुन् । 

दुई देशबीच तनाव चलिरहँदा ट्रम्पले भने, ‘युद्ध नहोला जस्तो लाग्छ तर भइहाल्यो भने अमेरिकी अत्यन्तै बलियो स्थितिमा छ । यो युद्ध लामो हुने छैन ।’

केही दिनअघि इरानले अमेरिकाको एउटा ड्रोन खसाएपछि दुई देशबीचको तनाव झनै बढेर गएको छ । त्यसपछि ट्रम्पले इरानमाथिको प्रतिबन्ध झनै कडा बनाएका छन् । उनले जवाफी कारवाहीको आदेश दिएर पछि आदेश फिर्ता लिएका थिए । 

सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भनेका थिए, ‘हामीहरू इरान वा अन्य कुनै देशसँग संघर्ष चाहँदैनौं । हामीहरू इरानलाई आणविक हतियार चाहिँ बनाउन नदिने कुरा तपाईंहरूलाई बताउन चाहन्छु ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्