२३ जेठ २०८३, शनिबार

भारतीय सैन्य विमानमा ठोकियो चरा, पाइलटले फाले बम

भारतीय सैन्य विमानमा ठोकियो चरा, पाइलटले फाले बम

काठमाडौं – भारतको हरियाणास्थित अम्बाला एयरफोर्स बेस नजिक भारतीय वायुसेनाको ज्यागुआर दुर्घटनाग्रस्त हुनबाट बचेको छ । 

उडान भरेको केही समयपछि नै विमानसँग चरा ठोकिएको हो । चरा ठोकिएपछि दुईमध्ये एक इन्जिन क्षतिग्रस्त भयो । पाइलटले सोचविचार गरेर विमानलाई बेसमा सुरक्षित अवतरण गराए । 

एयरफोर्स अधिकारीका अनुसार, ‘पाइलटले बलदेव नगरमा विमानको बाहिरी ट्यांक र १० किलोग्रामको अभ्यास बम तल फालिदिए । बम बरामद गरिएको छ ।’

वायुसेनाले दुर्घटनाको कारण थाहा पाउनका लागि कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ । 

एयरफोर्स शहरको बीचमा छ । बम र इन्धन भरिएको ट्यांक खसाइएको इलाका पनि घना बस्ती हो । सौभाग्यवश कसैलाई केही क्षति भएन । दुर्घटनास्थल नजिकका घरमा ट्यांकका केही अवशेष खस्दा पर्खाल चर्किएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्