१५ असार २०८३, सोमबार

भारतीय क्रिकेट टीमको गेरु जर्सी विवादमा

भारतीय क्रिकेट टीमको गेरु जर्सी विवादमा

काठमाडौं – भारतीय क्रिकेट टीमको विश्वकपमा प्रयोग हुने दोस्रो जर्सीमा विवाद आएको छ । भारतले आइतवार हुने इंग्ल्यान्डविरुद्धको खेलमा गेरुवा रंगको जर्सी लगाउने भएको छ । 

यस जर्सीमा राजनीति शुरू भएको छ । कांग्रेस र समाजवादी पार्टीका नेताहरूले यसमा भगवाकरणको षड्यन्त्र देखेका छन् । 

मुम्बईबाट समाजवादी पार्टीका विधायक अबु आसिम आजमीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सबै कुरा भगवाकरण गरेको आरोप लगाएका छन् । मोदीले देशैलाई भगवा रंगमा रंगाउन खोजेको उनले बताए । 

कांग्रेस विधायक नसीम खानको पनि यही राय छ । 

भारतीय जनता पार्टीले चाहिँ यो संकुचित सोचको परिणाम भएको भनी टिप्पणी गरेको छ । 

तर कांग्रेसका वरिष्ठ नेता आनन्द शर्माले टीमको ड्रेसलाई राजनीतिक विषय बनाउन नहुने र ऊ विश्वविजेता बनोस् भनी कामना गरेको बयान दिएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्