१० असार २०८३, बुधबार

युवतीमाथि श्रृङ्खलावद्ध रुपमा सिरिन्ज प्रहार गर्ने कार्यमा संलग्न समातिए

युवतीमाथि श्रृङ्खलावद्ध रुपमा सिरिन्ज प्रहार गर्ने कार्यमा संलग्न समातिए

काठमाडौं– केही सातायता चर्चामा रहेको सिरिन्ज आक्रमण कार्यक्रमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ।  

उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । 

प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्