२१ जेठ २०८३, बिहीबार

पत्नीलाई घरको काम गराएको क्षतिपूर्ति २ करोड रुपैयाँ तिर्नुपर्ने पतिले

पत्नीलाई घरको काम गराएको क्षतिपूर्ति २ करोड रुपैयाँ तिर्नुपर्ने पतिले

काठमाडौं – अर्जेन्टिनाको एक स्थानीय अदालतले एक व्यक्तिलाई आफ्नी पत्नीलाई २८ वर्षसम्म घरको काम गराएको क्षतिपूर्ति स्वरूप २ करोड रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । 

पारपाचुके मुद्दामा अदालतले सुनुवाइको क्रममा यो आदेश दिएको हो । महिलाको आर्थिक सहारा नभएकाले यो धन पतिले उपलब्ध गराउनुपर्ने अदालतको जिकिर थियो । 

ती महिलाले अर्थशास्त्रकी स्नातक हुन् । उनले सन् १९८१ मा विवाह गरेकी थिइन् । पतिले जागिर खाने र पत्नीले घर सम्हाल्ने निर्णय लिएका थिए । 

बिहेको २८ वर्षपछि सन् २००९ मा पतिपत्नी अलग्गिने निर्णय लिए । सन् २०११ मा उनीहरूबीच पारपाचुके भयो । त्यतिखेर पत्नीको उमेर ६० वर्ष थियो । उनीसँग पैसा कमाउने कुनै साधन थिएन । वृद्धालाई जागिर दिन पनि कोही तयार थिएन । 

त्यसपछि यो मुद्दा फेरि अदालतसमक्ष पुग्यो । महिलाले आफू आर्थिक समस्यामा परेको बताइन् । त्यसपछि न्यायाधीशले पत्नीलाई पैसा उपलब्ध गराउने आदेश दिए ।

न्यायाधीशले फैसलामा लेखे, ‘गृहिणीहरूलाई कसैले तलब दिँदैन । त्यसैले महिलाको आर्थिक स्थिति र उनले अर्थशास्त्रमा पाएको डिग्री हेरेर क्षतिपूर्ति रकम निर्धारित गरिएको हो । महिलाले घरमा गर्ने कामको कदर नहुनु दुःखद छ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्