११ साउन २०८३, सोमबार

अब्बल सामुदायिक विद्यालय ज्ञानोदय : एकै पटकमा १ सय ३ विद्यार्थीले ल्याए ‘ए प्लस’ !

अब्बल सामुदायिक विद्यालय ज्ञानोदय : एकै पटकमा १ सय ३ विद्यार्थीले ल्याए ‘ए प्लस’ !

काठमाडौं –सामुदायिक विद्यालयहरूले अपेक्षाकृत नतिजा ल्याउन नसकेको भनेर आलोचना हुँदै गर्दा सबैका लागि जवाफ बन्ने गरेको ज्ञानोदय मावि यसपटक पनि अब्बल ठहरिएको छ ।

काठमाडौंको बाफलमा रहेको यस विद्यालयबाट एसईई २०७५ को परीक्षमा १ सय ३ जना विद्यार्थीले उच्च ग्रेड अंक ३.६०–४.० जीपीए (सामान्य बुझाइको भाषमा ए प्लस) ल्याउन सफल भएका छन् । परीक्षामा कुल २६३ विद्यार्थी संलग्न थिए ।

यस विद्यालयमा अध्ययन गरेका ५४ जनाले जीपीए ३.२‐३.६ सम्म, ६० जनाले जीपीए २.८‐३.२ सम्म, ३१ जनाले जीपीए २.४‐२.८ सम्म, १२ जनाले जीपीए २‐२.४ सम्म र ३ जनाले जीपीए १.६‐२ सम्म प्राप्त गरेका छन् । 

कुल जीपीए ४ ल्याउने धिरेन्द्र भट्ट विद्यालयमा विद्यार्थीमैत्री वातावरण, शिक्षकरूको मेहेनत, उत्प्रेरणा र मायाले आफूले यो अंक प्राप्त गर्न सफल भएको बताउँछन् ।

प्रधानाध्यापक नातिकाजी महर्जनको धारणा पनि त्यस्तै छ । विद्यार्थीहरूको सफलता शिक्षक कर्मचारीको अथक मेहनत र परिश्रमको उपज भएको उनको भनाइ छ ।

उक्त विद्यालयमा कक्षा ११/१२ मा विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ समेत पढाइ भइरहेको छ ।

यस वर्ष विद्यार्थीहरूको चापलाई मध्यनजर गर्दै विज्ञान र व्यवस्थापन संकायतर्फ थप एक–एक सेक्सन सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उर्मिला माली बताउँछिन् ।

यस विद्यालयमा कक्षा ११/१२ मा भर्ना हुन पनि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

पढ्नुहोस्, यो पनि :

ज्ञानोदय स्कूलमा एटीएमजस्तै प्याड मेसिन, एक रुपैयाँको सिक्का खसाल्दा निस्किन्छ सेनेटरी प्याड

salt training

कमेन्ट गर्नुहोस्