२६ जेठ २०८३, मंगलबार

सशस्त्र प्रहरी जवानविरुद्ध घुस लिएको अभियोगमा मुद्दा

सशस्त्र प्रहरी जवानविरुद्ध घुस लिएको अभियोगमा मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ११ नम्बर गण हजमिनियाँ  रौतहटका कार्यरत सशस्त्र प्रहरी जवान अरुण झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार जवान झाले नेपाल–भारत सीमबाट कस्मेटिक सामान आयातमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको आरोप लगाएको छ ।

आयोगको टोलीले जनाव झालाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आरोपीलाई बिगो अनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

आयोगले ज्याउल हल आधारभूत विद्यालय मदरसा सुनसरीका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरीविरुद्ध शुक्रवारै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको अनुदान रकम हिनामिना गरेको उनीहरूमाथि आरोप लागेको छ । 

विद्यालयको शौचाय तथा छात्रवृत्तिका लागि प्राप्त भएको ४ लाख ६० हजार रुपैयाँ बराबरको रकम दुरुपयोग गरेको उनीहरूमाथि आरोप लागेको छ । आयोगले उनीहरूविरुद्ध बिगो अनुसार कारवाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्