काठमाडौं- नेपालका लागि महिन्द्रा गाडीहरूको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कसले मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ । 'मनसुन सर्भिस क्याम्प' यहि २०७६ आषाढ १८ देखि २० गतेसम्म सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
यो मनसुन सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पांग्रे गाडीहरूलाई विभिन्न ३० चेक प्वाइटहरूमा दक्ष प्राविधिकहरूले जाँच गर्नेछन् । साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिने छ ।
यो योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरहरूलाई स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा श्रमिक मूल्यहरूमा १०५ छुटको व्यवस्था साथै निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्नै व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
मनसुन सर्भिस क्याम्प आषाढ १८ देखि सुचारू भएर २० गते सम्पन्न हुनेछ । यो सेवा नेपाल भर एकैचोटी बालाजु अटोवर्कस अन्तर्गतको महिन्द्राका सर्भिस नेटर्वकहरूमा उपलब्ध गरिने छ । महिन्द्रा गाडीका ग्राहकहरूले योे विषेश सेवा प्राप्त गर्न नजिकैको महिन्द्रा आधिकारिक वर्कशपमा छिटो भन्दा छिटो बूकिङ गर्नुपर्ने जानकारी कम्पनीले गराएको छ ।