
जेरूसेलम- इजरायली प्रहरीले जेरूसेलम मामिला हेर्ने प्यालेष्टिनी मन्त्रीलाई सामान्य सोधपुछका लागि आइतबार बिहान पक्राउ गरी केही घण्टापछि रिहा गरिएको उनका वकीलले बताएका छन् ।
मन्त्री फादी अल–हदामीलाई आइतबार बिहानै पूर्वी जेरूसेलमबाट पक्राउ गरिएको थियो । उनले इजरायली कानूनको बर्खिलाप हुनेगरी इजरायल–प्यालेष्टाइन सीमा क्षेत्रमा इजरायल विरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोपमा पक्राउ गरिएको हो ।
“हदामीलाई सोधपुछका लागि पक्राउ गरिएको र सामान्य सोधपुछपछि तत्काल रिहा गरिएको छ,” इजरायली प्रहरीका प्रवक्तालाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
गत मङ्गलबार चिलीका राष्ट्रपतिलाई प्यालेष्यटिनी धार्मिकस्थल जाँदा साथमा लगेको बताइएको छ । सान्टियागोका राष्ट्रप्रमुखलाई सँगै लाँदा इजरायली समजदारीको उल्लङ्घन गरेको भन्दै सोधपुछ भएका इजरायली अधिकारीले बताएका छन् ।
यहुदी समुदायले टेम्पल माउन्टका रूपमा चिन्ने अल–अस्का मक्का मदिनापछिको तेस्रो प्रसिद्ध धार्मिकस्थल हो, जुन प्यालेटिाइनको पश्चिमी पर्खालभन्दा माथि रहेको र यसलाई इजरायल–प्यालेष्टिनी द्वन्द्वको अत्यधिक सम्वेदनशिल बिषयकारूपमा लिने गरिन्छ ।