०९ असार २०८३, मंगलबार

स्कूटरबाट लडेर ट्रकमुनि पर्दा पनि बाँचिन् यी महिला (भिडियो)

स्कूटरबाट लडेर ट्रकमुनि पर्दा पनि बाँचिन् यी महिला (भिडियो)

काठमाडौं – दक्षिणपश्चिम चीनमा एक महिलालाई ठूलो ट्रकले ठक्कर दिएर आफूमुनि पार्दा पनि उनी बाँचेकी छन् । 

ती महिला सिचुआन प्रान्तको जिगोङमा एउटा सडकमा ट्राफिक लाइटमा रोकिएकी थिइन् । उनको ठ्याक्कै पछाडि एउटा ठूलो ट्रक आइपुग्यो । 

ट्राफिक लाइट बदलिएपछि ट्रक अघि बढ्छ अनि स्कूटरमा बसेकी महिलालाई लडाउँछ र उनीमाथिबाटै गुडेर अघि बढ्छ । 

खतरनाक भिडियोमा ती महिला सडकमा पूरै पल्टेको अनि अग्लो च्यासिस रहेको ट्रक उनीमाथिबाट अघि बढेको देखिन्छ । 

ट्रक अघि बढेपछि महिला सडकमा बस्छिन् अनि अर्को गाडीबाट ठोकिनबाट बच्नका लागि सडकको छेउतिर जान्छिन् । 

उनले रिसाउँदै ट्रकलाई औंला देखाएको अनि गाली गरेको देखिन्छ । 

घटनापछि महिलालाई दाहिने गोडामा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । 

घटना शुक्रवार भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्