१० असार २०८३, बुधबार

नुवाकोटमा पेट्रोलियम व्यवसायीको मनपरी, तोकिएको शुल्कभन्दा बढी असुल

नुवाकोटमा पेट्रोलियम व्यवसायीको मनपरी, तोकिएको शुल्कभन्दा बढी असुल

काठमाडौँ - सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षौं भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् ।

बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह गरे पनि अझै घटाउन पहल भएको छैन ।

जिल्ला प्रशासनले पेट्रोल बिक्री वितरण गर्ने व्यवसायीहरुलाई गत माघ महिनाको दोस्रो साता बोलाएर छलफल गरेकामा उनीहरूले एक हप्ताभित्रै सरकारी मूल्यअनुसार नै पेट्रोलियम पदार्थ वितरण गर्ने प्रतिबद्धता गरेका थिए तर छलफल भएको छ महीना बितिसक्दा पनि बढी शुल्क लिएरै ती पदार्थ बिक्री वितरण गर्दै आएका छन् ।

प्रशासनले उपभोक्ता र व्यवसायीलगायत सरोकारवालासँग समन्वय गर्दै मूल्य सन्तुलन कायम राख्नेदेखि उपभोक्ताको अधिकार सुरक्षित पहल गरे पनि व्यवसायीहरुले अटेर गर्दै आएका थिए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल भन्छन्, 'म कार्यालयमा हाजिर भएको धेरै भएको छैन । जिल्लाका समस्या र चुनौतिहरु के कस्ता छन् भनेर मैले बुझिरहेको छु । पेट्रोलियम पदार्थका सम्बन्धमा आफूलाई जानकारी नभएकाले अध्ययन गगरेर सरकारी मूल्यअनुसार नै बिक्री गराउने प्रयास गर्ने छु ।'

उनले पेट्रोलियम पदार्थ विक्रेतालाई छिटै छलफलमा छलफलमा बोलाएर मूल्य सन्तुलन गर्ने बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्