१५ असार २०८३, सोमबार

विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : निधि

विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : निधि
फाइल फोटो

चितवन- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन चितवनले बिहीवार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखे । 

अहिले राजनीतिक रूपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे । निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताए । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो । 'काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरू बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन,' उनले भने । 

सरकारले गरेका कामहरुका कारण जनतामा फेरि कांग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए । 

salt training

कमेन्ट गर्नुहोस्