१० असार २०८३, बुधबार

सर्पले डसेर ९ वर्षीय बालकको मृत्यु

सर्पले डसेर ९ वर्षीय बालकको मृत्यु
फाइल फोटो

डोटी- जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआई सिंह गाउँपालिकामा सर्पले डसेर बिहीवार बिहान एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लालबहादुर धामीका अनुसार उक्त गाउँपालिका–२ तिखात्तर बस्ने शेरबहादुर बोगटीका ९ वर्षीय छोरा झकेन्द्रबहादुरको आँगनमा बसेर पढिरहेका बेला सर्पले डसेर मृत्यु भएको हो । 

सर्पले डसेपछि दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उनलाई उपचारका लागि पुर्‍याइएपछि उनको मृत्यु भएको छिमेकी मोहन बोगटीले बताए । बिरामीलाई ढिलो गरी अस्पताल ल्याइएका कारण उपचार सम्भव नभएको उक्त अस्पतालका चिकित्सक ललित लिम्बूले बताए । 

उनले भने, 'सर्पले डसेका बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्छ भन्ने ज्ञान रहेनछ, अझै गाउँमा झारफुक गर्ने बानीका कारण बिरामी मर्ने गरेको पाइयो ।' बुधवार मात्रै शिखर नगरपालिका–२ कालागाढकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले डसेका कारण मृत्यु भएको थियो । उहाँलाई पनि समयमै अस्पताल नपुर्‍याउँदा मृत्यु भएको चिकित्सकहरूले बताए  । जिल्लामा गर्मी बढेसँगै सर्पदंशका बिरामी बढ्न थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्