०१ असार २०८३, सोमबार

५५ वर्षअघि साढे ६ सय रुपैयाँमा किनेको चेसको गोटी बिक्यो १० करोडमा

५५ वर्षअघि साढे ६ सय रुपैयाँमा किनेको चेसको गोटी बिक्यो १० करोडमा

काठमाडौं – लन्डनमा १२औं शताब्दीको एक चेसको गोटीको लिलाम बिक्री गरिएको छ । 

पचपन्न वर्षअघि ६ डलर (६६१.२३ रुपैयाँ) मा किनेको गोटी लगभग १० करोड रुपैयाँमा लिलामबिक्री भएको हो । 

यो गोटीलाई स्कटल्यान्डका एक व्यक्तिले सन् १९६५ मा किनेका थिए । अघिल्लो महिना मात्र उनको परिवारले दराजमा यो गोटी भेटे । 

कलाकृतिको व्यापार गर्ने कम्पनी सोदबीले गराएको लिलामबिक्रीमा गोटी किन्ने मानिसको नाम खुलासा गरिएको छैन । 

गोटी लिलामीमा राख्ने परिवारले विगत ५५ वर्षदेखि यो दराजमै थन्किएको बताए । यो १२औं शताब्दीको गोटी भएको उनको भनाइ छ । 

गोटी ३.५ इन्च लामो छ । दाह्री पालेको व्यक्तिको आकृति कुँदिएको गोटीमा दाहिने हातमा तरवार जस्तो हतियार र देब्रे हातमा ढाल छ । परिवारले आशा गरे जति नै रकम पायो ।

यो गोटी समुद्री जीव वालरसको दाँतबाट बनाइएको हो । 

विज्ञहरूका अनुसार, सन् १८३१ मा फेला परेका ९३ गोटीमध्ये एक हा यो । यी गोटीहरू नर्वेमा फेला परेका थिए । लन्डनको ब्रिटिश म्युजियम र स्कटल्यान्डको नेसनल म्युजियममा यी गोटी राखिएका छन् । पाँचवटा गोटी अहिलेसम्म पनि गायब छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्