२५ जेठ २०८३, सोमबार

फ्रान्सका राजदूतसँग उपराष्ट्रपतिको आग्रह- वायु सेवा निगमलाई युरोप उडानमा सहजीकरण गरिदिनुस्

फ्रान्सका राजदूतसँग उपराष्ट्रपतिको आग्रह- वायु सेवा निगमलाई युरोप उडानमा सहजीकरण गरिदिनुस्
फाइल फोटो

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई यूरोपका विभिन्न गन्तव्यमा हुने उडानमा सहजीकरण गर्न आग्रह गर्नुभएको छ । 

आफूसँग शिष्टाचार भेटका लागि उपराष्ट्रपति भवन ग्रीनहाउस पुग्नुभएका नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरलाई उहाँले उक्त आग्रह गर्नुभएको हो । “हामी नेपाल वायु सेवाको जहाज युरोपमा उडान भर्न चाहन्छौँ”, उपराष्ट्रपतिले भन्नुभयो, “युरोपियन युनियनले नेपाल वायुसेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानका लागि सहजीकरण गरिदिनुपर्छ ।”

भेटमा राजदूत लेगरले नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र सांस्कृतिक सम्पदा देखेर फ्रान्स अत्यन्त खुशी रहेको बताउनुभएको थियो । फ्रान्स र नेपालबीच औपचारिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गर्दै उहाँले पछिल्ला दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनिरहेको बताउनुभयो ।

राजदूत लेगरले फ्रान्सले नेपालसँग औद्योगिक तथा आर्थिक विकासमा साझेदारी गर्न चाहेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्