२५ जेठ २०८३, सोमबार

ट्युनिसियामा आप्रवासीहरू चढेको डुंगा पल्टियो, ८० जनाको मृत्यु

ट्युनिसियामा आप्रवासीहरू चढेको डुंगा पल्टियो, ८० जनाको मृत्यु

काठमाडौं – ट्युनिसियाको समुद्री इलाकामा बुधवार राति आप्रवासीहरू चढेको डुंगा पल्टिँदा ८० भन्दा बढी मानिस मारिएको आशंका छ । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले दुर्घटनामा बचेका मानिसलाई उद्धृत गर्दै बिहीवार यसको जानकारी दिएको हो । निकायका अनुसार, दुर्घटनापछि स्थानीय माझीहरूले चारजनालाई बचाएका पनि हुन् तर एकजनाको पछि मृत्यु भयो । 

दुर्घटनाग्रस्त डुंगा भूमध्यसागर तरेर इटली जाँदै थियो । दुर्घटनामा बचेका तीनमध्ये दुईलाई शेल्टर होममा राखिएको छ । उनीहरूसँग सोधपुछ चलिरहेको छ । एकजनाको उपचार अस्पताल चलिरहेको छ ।

यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोचटेलले ठूलो संख्यामा मानिसहरू डुंगामा चढेर पलायन गरिरहेका छन् । उनीहरू परिवारको पनि ज्यान जोखिममा राखिरहेका छन् । मानिसलाई आवश्यक विकल्प उपलब्ध गराएर यस्ता मृत्यु रोक्नुपर्ने उनको भनाइ छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्