०७ असार २०८३, आइतबार

बाइडु कम्पनीका संस्थापकलाई मञ्चमै पानी खन्याए एक व्यक्तिले (भिडियो)

बाइडु कम्पनीका संस्थापकलाई मञ्चमै पानी खन्याए एक व्यक्तिले (भिडियो)

काठमाडौं – चीनको राजधानी बेइजिङमा एक कार्यक्रम चलिरहँदा बाइडु कम्पनीका प्रमुख कार्यकारी अधिकृत रबिन लीमाथि एक व्यक्तिले बोतलबाट पानी खन्याएका छन् ।

लीले कृत्रिम प्रज्ञा (आर्टिफिसियल इन्टेलिजेन्स) का विषयमा सम्बोधन गरिरहेको बेलामा एक व्यक्ति मञ्चमा चढे अनि चिसो पानी बोतलबाट उनको टाउकोमा खन्याए । 

बाइडुका सहसंस्थापक लीले स्वचालित कारको विकासका बारेमा कुरा गरिरहेका थिए । उक्त व्यक्तिले पानी खन्याएर गएपछि ली एकछिन त स्तब्ध भए अनि सोधे, ‘तपाईंको समस्या के हो ?’

अनि उनले कुरा अघि बढाउँदै भने, ‘कृत्रिम प्रज्ञाको बाटोमा हामीले अपेक्षा नगरेका थुप्रै कुरा आउँछन् ।’

पानी परेपछि लीको सेतो शर्ट भिज्यो । 

पानी खन्याउने व्यक्तिको नाम चेङ हो । उसलाई प्रहरीले पाँच दिनका लागि हिरासत पठाएको छ ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्