
काठमाडौं – भारतको उत्तरी शहरमा एउटा कार गधाले तानेको गाडामा ठोकिएपछि गधा हावामा उडेको छ ।
यसरी गाडा र गाडी ठोकिँदा सडक अव्यवस्थित भएको थियो अनि पैदलयात्रीहरू सुरक्षित स्थानतिर भागेका थिए ।
गाडासँग ठोकिएपछि कारको बोनट कुच्चिएको थियो तर चालकलाई चोटपटक लागेन ।
असार ५ गते भएको घटना सीसीटीभीमा रेकर्ड भएको थियो ।
शुरूमा गधाले छेउको सडकबाट बिस्तारै आइरहेको देखिन्छ । उसले तानेको गाडामा एकजना मानिस बसेको देखिन्छ ।
अचानक तीव्र गतिमा आइरहेको कार पछाडि देखिन्छ र गाडालाई पछाडिबाट ठोक्छ ।
ठोकिएपछि गाडा मास्तिर उचालिन्छ तर दुईवटा चक्कामा अगाडि बढिरहन्छ । गाडा चलाउने मानिस भने पछिल्तिर पछारिन्छन् ।
अनि गधा पनि मास्तिर उचालिन्छ र पछाडिका दुईवटा खुट्टामा लतारिन्छ ।
गधा र गाडाचालक दुवैलाई चोटपटक लागेन । कारचालकलाई पनि चोट लागेन ।
एजेन्सी