२४ जेठ २०८३, आइतबार

बोल्ड फोटो सार्वजनिक भएपछि इरानबाट लखेटिइन् मोडल

बोल्ड फोटो सार्वजनिक भएपछि इरानबाट लखेटिइन् मोडल

काठमाडौं – इरानकी एक मोडलको अर्धनग्न तस्वीर सार्वजनिक भएपछि देशबाट लखेटिनुपरेको छ । 

नेगजिया नामक ती मोडललाई रिभोल्युसनरी गार्ड्सले सन् २०१७ देखि लखेटिरहेका छन् । उनी भित्री वस्त्र लगाएर फोटो खिचाउँदा त्यो अश्लील र अभद्र भएको बताइएको छ । 

नेगजिया अहिले पेरिसमा संघर्ष गरेर बसेकी छन् । 

उनको अर्धनग्न तस्वीर खिच्ने फोटोग्राफरले नै प्रहरीलाई बुझाएपछि कोर्रा खाइने डरले उनी इरानबाट भागेर टर्की पुगेकी थिइन् । इरानको कठोर इस्लामिक कानूनले अश्लीलता देखाउनेलाई कोर्राले हान्ने सजाय दिन्छ । 

नेगजियाले यस्तो तस्वीर खिचाएकोमा कुनै पश्चात्ताप नलागेको र महिलालाई सम्मान नगर्ने सबै कानून तोड्न सकेकोमा गर्व लागेको बताइन् । 

उनले सन् २०१८ को नोभेम्बर १३ मा शरणका लागि निवेदन दिएकी थिइन् । फेशन उद्योगमा काम गर्ने उनको सपना थियो । 

तर उनलाई पेरिसमा जीवनयापन गर्न गाह्रो परिरहेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्