काठमाडौं – सानो पर्दामा निकै प्रभावशाली बनेको रामायण अब ठूलो पर्दामा पनि देख्न पाइने भएको छ ।
दंगल फिल्म बनाएका नितेश तिवारीले रवि उदयावरसँग मिलेर रामायण फिल्म बनाउने घोषणा गरेका छन् । फिल्मको बजेट ५०० करोड भारु हुनेछ ।
कुल तीन भागमा बन्ने फिल्मको पहिलो भाग सन् २०२१ मा रिलिज हुनेछ ।
रामायणमा भारतका सबै फिल्म इन्डस्ट्रीका मानिस देखिनेछन् । फिल्मको शूटिङ ३डीमा गरिनेछ । फिल्मनिर्माताहरूले भारतका मात्र नभई विश्वभरका दर्शकलाई टार्गेट गरेर फिल्म बनाएका हुन् ।
फिल्म निर्माण अलु अरविन्द, मधु मन्तेना र नमित मल्होत्राले गर्दैछन् ।
एजेन्सी