१० असार २०८३, बुधबार

विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई विद्युत् मिटर बक्स

विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई विद्युत् मिटर बक्स

कन्काई – नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगरका रूपमा परिचित झापाको कनकाई नगरपालिकामा रहेका विपन्न वर्गका नगरवासीलाई एक कार्यक्रमबीच सोमवार निःशुल्क विद्युत् मिटर बक्स वितरण गरिएको छ । 

नगरपालिका परिसरमा आयोजना गरिएको निःशुल्क मिटरबक्स वितरण कार्यक्रममा स्थानीय ८० वर्षीया ज्येष्ठ सदस्य कृष्णमाया राईलाई मिटरबक्स वितरण गर्दै नगर प्रमुख राजेन्द्र पोखरेलले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

वितरणको पहिलो दिन नगरका वडा नम्बर १, २ र ३ का विपन्न वर्ग र समुदायको पहिचान गरी वडाको सिफारिसमा १३५ लाई मिटर बक्स वितरण गरिएको थियो ।

विद्युत् मिटर लिएपछि जग्गाको लालपुर्जा नभएर आर्थिक अभावले घरमा मिटर जोड्न समस्यामा परेका नगरवासीलाई राहत मिलेको स्थानीय सहजकर्ता श्याम ओलीले बताए ।

नगर क्षेत्रमा रहेका लक्षित वर्गका ४ सय ५० घरधुरीलाई क्रमिकरूपले वडामा कार्यक्रम आयोजना गरी तत्काल मिटर बक्स वितरण गरिने नगर प्रमुख पोखरेलले बताए । १ वर्ष अगाडि मात्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नगरपालिकालाई नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगर घोषणा गरेका थिए ।

नगरपालिकाको संयोजनमा नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले विद्युत् मिटर बक्स वितरण गरेको हो । निर्देशनालयका संयोजक राजनऋषि कँडेलले वर्तमान अवस्थामा आम उपभोक्ताको हितलाई संकुचन नगरी गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने संस्थाको उद्देश्यअनुसार यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्