२३ असार २०८३, मंगलबार

अमेरिकाको वाशिङटनमा भीषण वर्षा, डुब्यो ह्वाइट हाउस

अमेरिकाको वाशिङटनमा भीषण वर्षा, डुब्यो ह्वाइट हाउस

काठमाडौं – अमेरिकाको राजधानी वाशिङटन र भर्जिनियामा सोमवार बेस्सरी पानी परेपछि बाढी आएको छ । 

त्यहाँ एक घन्टाभित्र ३.३ इन्च पानी परेको छ । शहरका सडकमा पानी पस्यो । ह्वाइट हाउसको बेसमेन्टमा बनेको मिडिया रूममा पानी भरियो । 

मौसम विभागले मेट्रो क्षेत्रमा संकटकालीन स्थिति घोषणा गरिदियो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, खराब मौसमका कारण दक्षिण वाशिङटनमा ट्रेन यातायात सेवा रद्द गरिएको छ । 

जर्ज वाशिङटन पार्कवेको एक क्षेत्रमा पानी भरिएपछि त्यसलाई बन्द गरिएको छ । डिस्ट्रिक्ट अफ कोलम्बियामा सोमवार अबेरसम्म पानी परिरह्यो । त्यहाँ आँधीका कारण विमानस्थलमा क्षति पुगेको छ । 

भारी वर्षाका कारण साना नाला, राजमार्ग, सडक र अन्डरपासहरूमा पानी भरिएको छ । अझै दुई दिन चर्को पानी पर्ने र आँधी आउने सम्भावना छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्