२२ जेठ २०८३, शुक्रबार

अबु धाबीमा बन्यो विशाल सोलार फार्म, ९० हजार मानिसकहाँ बिजुली पुग्ने

अबु धाबीमा बन्यो विशाल सोलार फार्म, ९० हजार मानिसकहाँ बिजुली पुग्ने

काठमाडौं – अबु धाबीले संसारको सबभन्दा ठूलो सोलार प्लान्ट बनाएको छ । यसबाट ९० हजार मानिसका लागि हरित ऊर्जा प्राप्त हुनेछ । 

नूर अबु धाबीमा ३२ लाख सोलार प्यानल छन् । यसले लगभग दश लाख मेट्रिक टन बराबरको कार्बनडाइअक्साइड उत्सर्जन घटाउनेछ । त्यो भनेको दुई लाख कार नचले जति हो । 

आठ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो संसारकै सबभन्दा ठूलो एकीकृत सोलार प्लान्ट हो । 

चीनको झोङवेमा भएको सोलार पार्कले फरक फरक ठाउँमा गरी ४३ वर्गकिलोमिटर क्षेत्र ओगटेको छ । 

यूएईले सोलार प्लान्ट बनाउनका लागि लगभग ९६ अर्ब रुपैयाँ खर्च गरेको छ । देशमा स्वच्छ ऊर्जा वृद्धि गर्नका लागि यो परियोजना सञ्चालन गरिएको हो । 

अहिले कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देशमा यूएई २९औं स्थानमा पर्छ । उसले पेट्रोल र डीजेलबाट चल्ने गाडीका कारण कार्बन उत्सर्जन गर्ने गरेको हो । 

यूएई आफ्नो तेल खानीमा अत्यधिक निर्भर छ । संसारको सातौं ठूलो तेलखानी भण्डार यूएईमा छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्