०७ असार २०८३, आइतबार

कलेज खारेज हुने डर देखाएर घुस लिने त्रिविका सहायक डीनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

कलेज खारेज हुने डर देखाएर घुस लिने त्रिविका सहायक डीनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं– पचास हजार रूपैयाँ घुससहित पक्राउ परेका त्रिभुवन विश्वविद्यालयका सहयक डीन शम्भुप्रसाद पटेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कलेज सञ्चालनको अनुमति रद्द हुन सक्ने भनी डर/त्रास देखाई सेवाग्राहीसँग ५० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ परेका पटेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को उपदफा (१) बमोजिम विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त ऐनमा २५ हजारदेखि ५० हजारसम्म घुस लिने वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्रा अनुसार ३ महिनादेखि ४ महिनासम्म कैद र बिगो बमोजिम जरिबाना हुने तथा घुस लिइसकेको भए सो उक्त रकम समेत जफत हुने उल्लेख छ ।

अख्तियारले ५० हजार विगो कायम गरी विशेष अदालतमा मंगलवार रिट दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्