१२ असार २०८३, शुक्रबार

साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार १, २०८३
काठमाडौं
साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रूख कटान गरी बेचबिखनबाट प्राप्त भएको रकम हिनामिना गरेको दाबीसहित उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । 

आयोगले समूहका सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढालाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले उनीहरूविरुद्ध ७ लाख १५  हजार ९१६ रुपैयाँ ५ पैसा बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

यस्तो छ अभियोग पत्र : 

salt training

कमेन्ट गर्नुहोस्