
काठमाडौं – बलिउड अभिनेत्री इशा गुप्ताले दिल्लीको एक होटलका मालिकले आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छन् । उनको यस्तो आरोपपछि सामाजिक सञ्जाल तातेको छ ।
गुप्ताले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै लेखिन्, ‘त्यो मान्छेले मलाई आँखाले बलात्कार गरिरहेको थियो । उसलाई तीनचोटि उचित व्यवहार देखाउन भनें अनि पछि जान पनि भनें । पछि त दुईजना गार्ड मेरो रक्षाका लागि राख्नुपर्ने भयो ।
सुरक्षागार्डले पनि यसलाई पुष्टि गर्न सक्छन् । को हो यो भविष्यको बलात्कारी ?’ पछि उनले त्यही कुरा ट्वीट गरिन् ।
रोहित विग नामका ती व्यक्ति आफूभन्दा अघिल्तिरको टेबलमा बसेको र आफूलाई लामो समयसम्म घुरेर हेरिरहेको उनले दाबी गरिन् ।
केही प्रयोगकर्ताले उनको दाबीलाई समर्थन गरे भने केहीले यसमा शंका गरे । एकजना प्रयोगकर्ताले ‘बलात्कार भनेको के हो, थाहा छ इशा गुप्ता ? यस्तो गम्भीर अपराधलाई तुच्छीकरण गरेकोमा लाज लाग्नुपर्ने हो’ भनी लेखे ।
अरूले चाहिँ इशाले आफ्नो नयाँ फिल्म 'वान डे : जस्टिस डेलिभर्ड'को प्रचार गर्नका लागि यो विषय उठाएको आरोप लगाए ।
ROHIT VIG- the man who thinks staring at a woman all night n making her uncomfortable is ok. He didnot touch me or say anything. But throughout stare. Not as a fan, not Cus m an actor, but because m a Woman. Where are we safe? Is being a woman a curse! pic.twitter.com/gRXnqZ21Mu
— Esha Gupta (@eshagupta2811) July 6, 2019
एजेन्सी