१७ असार २०८३, बुधबार

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

कावासोती – पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

मंगलवार राति ना६ख ५२०७ नम्बरको ट्रकमा लु२२प २८९९ नम्बरको मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरी मगरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल रुपन्देही बाहिनी नम्बर ५ दरबन्दी भई बीओपी बोगडी रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

salt training

कमेन्ट गर्नुहोस्