३१ असार २०८३, बुधबार

प्रभु बैंकको खार्पुनाथ शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको खार्पुनाथ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं- प्रभु बैंक लिमिटेडले हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन एक समारोहका बीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरेका थिए ।

शाखा कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी रावलज्यूले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै सञ्चालनमा आएको खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

खार्पुनाथ शाखा कार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ, हुम्लाका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

खार्पुनाथ शाखा समेत गरी बैंकले हालसम्म १८७ वटा शाखा, १५० वटा एटीएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्