०३ साउन २०८३, आइतबार

सभापति देउवाको आरोप : सभामुखले फट्याइँ गरे !

सभापति देउवाको आरोप : सभामुखले फट्याइँ गरे !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लगाएका छन् ।

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै सभापति देउवाले सभामुख महराले फट्याइँ गरेको आरोप लगाएका छन् ।

कांग्रेसले बाढी–पहिरो पीडितका लागि उद्धार र राहतबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेपनि बैठक स्थगित गरेर सभामुखले फट्याइँ गरेको सभापति देउवाको आरोप छ ।

‘यस्तो गम्भीर र विपद्का बेला सबै एक हुनुपर्ने थियो तर सत्तापक्ष इच्छुक देखिएन । सत्ता पक्षको आग्रहमा सभामुखले फट्याइँ गरे,’ देउवाले पत्रकारलाई प्रतिक्रिया दिँदै भने । गम्भीर विषयमा छलफल गर्न नमान्नु अचम्म भएको देउवाले गुनासो गरे ।

‘हामीले नियमित प्रक्रिया रोकेर बाढीपहिरो पीडित र राहत तथा उद्धार कार्यक्रमबारे छलफल गर्न भनेका थियौं तर १० दिनसम्म संसद स्थगित गरेर सरकारले बदमासी गरेको छ,’ उनले भने ।

प्रतिनिधि सभाको नियमित कार्यसूचीलाई स्थगित गरेर सोमवारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति तथा उद्धार र राहतको प्रयासबारे छलफल गर्नका लागि कांग्रेस र राजपाका सांसदले माग गरेका थिए तर बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

यस्तो छ संसदको सूचना :-

यस्तो थियो कांग्रेसको प्रस्ताव :-

salt training

कमेन्ट गर्नुहोस्