
काठमाडौं – उत्तरी स्विडेनमा स्काईडाइभरहरू चढेको विमान दुर्घटनाग्रस्त हुँदा नौजना मारिएको अधिकारीहरूले आइतवार बताएका छन् ।
सिंगल इन्जिन भएको विमान गिप्सएरो जीए८ एयरभ्यान प्यारासुट लिएर हाम्फाल्नेहरूमाझ लोकप्रिय छ । यसमा पाइलट सहित आठजना बस्न मिल्छ । उमीया विमानस्थलबाट उडान भरेको केही समयपछि नै यो विमान उमे नदीको एक टापुमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटना स्थानीय समयअनुसार दिउँसो २ बजेतिर भएको थियो ।
दुर्घटनाको भिडियोमा नियन्त्रण गुमाएको विमान आकाशबाट खसेको देखिन्छ ।
स्विडिश मिडियाले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै केही प्याराशुटिस्टहरू दुर्घटनाअघि विमानबाट हाम्फाल्न खोजेको देखिएको बताए ।
सबै मृतकहरू स्विडिश भएको प्रहरीले जनाएको छ । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।
एजेन्सी